बक्सिङ स्टार मेरी कोमको नाम पद्म विभुषणका लागि सिफारिश

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २६, २०७६
|
|
४७ पटक हेरिएको
Shares
बक्सिङ स्टार मेरी कोमको नाम पद्म विभुषणका लागि सिफारिश

सारांश

  • विश्व चर्चित बक्सर मेरी कोमको नाम भारतको प्रतिष्ठित पद्म विभुषणका लागि सिफारिश भएको छ ।
  • त्यहाँको खेलकुद मन्त्रालयले उनको नाम सिफारिश गरेको हो ।
  • मेरी कोमलाई पद्म विभुषण र ब्याटमिन्टन खेलाडी पि भि सिन्धुलाई पद्म भुषणका लागि नाम सिफारिश गरिएको टाइम्स अफ इन्डियाको रिपोर्ट छ ।

विश्व चर्चित बक्सर मेरी कोमको नाम भारतको प्रतिष्ठित पद्म विभुषणका लागि सिफारिश भएको छ । त्यहाँको खेलकुद मन्त्रालयले उनको नाम सिफारिश गरेको हो ।मेरी कोमलाई पद्म विभुषण र ब्याटमिन्टन खेलाडी पि भि सिन्धुलाई पद्म भुषणका लागि नाम सिफारिश गरिएको टाइम्स अफ इन्डियाको रिपोर्ट छ ।कोम छ पटककी बक्सिङकी विश्व विजेता हुन् भने सिन्धुले विश्व टेनिस च्याम्पियनशिपको उपाधि जित्ने पहिलो भारतीय खेलाडीका रुपमा नाम लेखाइन् ।

भारत सरकारले प्रदान गर्ने सम्मानमध्ये भारत रत्नपछिको सबैभन्दा माथिल्लो तहको सम्मान पद्म विभुषणका लागि नाम सिफारिश हुनेमा मेरी कोम पहिलो महिला खेलाडी हुन् ।३६ वर्षीया मेरी कोम आफ्नो तौल समूहमा छ पटककी विश्व बक्सिङ च्याम्पियन हुन् ।मणिपुरमा जन्मिएकी मेरी कोमलाई भारतका महिला खेलाडीले आफ्नो आदर्श मान्दछन् । सामान्य परिवारमा जन्मिएर खेल क्षेत्रमा उचाई बनाएकी उनको जीवनमा आधारित चलचित्र मेरी कोम समेत बनिसकेको छ । उक्त चलचित्रमा सुनिल थापाले कोमको प्रशिक्षकका रुपमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?