बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २२, २०७६
|
|
४४ पटक हेरिएको
Shares
बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

सारांश

  • बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ ।
  • यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ ।
  • यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन ।

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ ।

यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ ।

भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धा्रित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पा¥यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २÷२ अङ्क रहेको छ । नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?