बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
५९ पटक हेरिएको
Shares
बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

सारांश

  • ७ कात्तिक, काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले ८.
  • ५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावा २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?