बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए

सारांश

  • माघ २३, चितवन ।
  • काठमाडौंमा तरकारीको अभाव भैरहेकाबेला चितवनका किसानहरुले् भने खेतमै तरकारी नष्ट गरेका छन ।
  • लाखौं खर्च गरी उत्पादन गरेको तरकारी बिक्री नभएपछि उनीहरुले बारीमै तरकारी नष्ट गरेका हुन ।

माघ २३, चितवन । काठमाडौंमा तरकारीको अभाव भैरहेकाबेला चितवनका किसानहरुले् भने खेतमै तरकारी नष्ट गरेका छन । लाखौं खर्च गरी उत्पादन गरेको तरकारी बिक्री नभएपछि उनीहरुले बारीमै तरकारी नष्ट गरेका हुन ।

पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका छन् । उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् । तरकारीमा पनि बिशेष गरि बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको उनीहरुको गुनासो छ । सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरिएको छ ।

तिन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार लागत लागेको किसान भुषाल बताउाछन ।सोहि स्थानकी नरबदा सापकोटाको दुखेसो पनि उस्तै छ । ३२ कठ्ठामा तरकारी खेती गर्दै आएकी सापकोटाले केहि दिनअघि मात्रै ब्रो काउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारी सहित जोताइन्् ।

केहि तरकारी त काटेर गाईभैसीलाई समेत खुवाएको तर पशुचौपायलाई समेत चिसो होला भनेर खुवाउन छोडेको उनले बताइन् । अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केहि दिनमै जोताउन पर्ने स्थिति रहेको उनले बताईन् । खैरहनी १ बहेराकै इन्दिरा भूषालले पनि ६ कठ्ठामा लगाएको बन्दा जोताइन् । अघिल्लो बर्ष डेढ लाख आम्दानी गरेकी उनले यसबर्ष एक रुपैयाँको समेत बन्दा बिक्री नगरी जोताउन परेको बताइन् ।

उनको जस्तै समस्या अहिले बन्दा लगाउने धेरै किसानहरुको छ । सोहि स्थानकी देपकला खनाल ७ कठ्ठामा लगाएको बन्दा नष्ट गर्ने तयारीमा रहेकी छिन् । सोहि स्थानका सूर्य प्रसाद भूषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताए ।

अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष थिर प्रसाद धितालले बताए ।

चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेतीहुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
आमाको सम्मान गरी आज वैशाख कृष्ण औँसी मनाइँदै
आमाको सम्मान गरी आज वैशाख कृष्ण औँसी मनाइँदै
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री डा महत
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री डा महत
गाँजासहित एक पक्राउ
गाँजासहित एक पक्राउ
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

तपाईंले छुटाउनुभयो कि?