बजेटले बुनेको समृद्ध लहानको सपना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
बजेटले बुनेको समृद्ध लहानको सपना

सारांश

  • लहान ।
  • सिरहाको सबैभन्दा धेरै २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब १६ करोड २२ लाखको बजेट सार्वजनिक गरेको छ ।
  • बाह्रौँ नगरसभाले आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रका रुपमा अगाडी सार्नुभएको हो ।

लहान । सिरहाको सबैभन्दा धेरै २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब १६ करोड २२ लाखको बजेट सार्वजनिक गरेको छ ।

बाह्रौँ नगरसभाले आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रका रुपमा अगाडी सार्नुभएको हो । नीति तथा कार्यक्रम र बजेटमार्फत नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ ।

त्यसैगरी, पूर्वाधार एवं सहरी विकास, पर्यटन, सामाजिक सुरक्षा, रोजगारलगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु-याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाले शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा तीनसम्म अङ्ग्रेजी माध्यम, स्थानीय पाठ्यक्रम, विद्यालयमा नर्सको व्यवस्था, छात्रावाससहितको प्राविधिक विद्यालय सञ्चालन गर्ने जस्ता २६ बुँदे कार्यक्रम तय गरेको छ ।

यसैगरी ‘एक कक्षा, एक पङ्खा, एक विद्यालय, एक कम्प्युटर’ वितरण गर्ने लक्ष्य समेत तय गरेको छ । भौतिक पूर्वाधारअन्तर्गत नगर क्षेत्रभित्र १५ किलोमिटर पक्की सडक, पाँच वडा कार्यालयको भवन, दुर्गा मन्दिर, राम मन्दिर, कब्रगाहा, आर्यघाट, सुधारगृह निर्माण गर्नुका साथै थप बर्थिङ सेन्टर र पाँच सिटी लाइट जडान गर्ने योजना नगरले सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रमले पहिलेदेखि शुल्क लिँदै आएको जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता तथा नागरिकताको सिफारिस निःशुल्क गरेको जनाएको छ । स्वास्थ्यतर्फ एक नगर अस्पताल निर्माण, वडा स्वास्थ्य चौकीको स्तरोन्नति, दलित, सीमान्तकृत विपन्न समुदायलाई लक्षित गरी नगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स तथा शववाहन सेवा सञ्चालन गर्न नगरसभाबाट बजेट विनियोजन गरेको जनाएको छ ।

कृषिमा यान्त्रिकीकरणका लागि कृषकलाई सहुलियत दरमा कृषि उपकरणको सेवा उपलब्ध गराउन ‘कस्टम हायरिङ सेन्टर’ स्थापना, लहानको आँपलाई ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ, कृषकलाई अनलाइन सूचीकरण गरी किसान कार्ड लागू, कृषि सिँचाइ, डिप बोरिङ, सतह सिँचाइ सुविधा, कृषि सिँचाइ तथा विद्युत् मिटरमा अनुदान व्यवस्थालाई निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी, नीति तथा कार्यक्रमले मिथिला कलासंस्कृतिको जगेर्ना गर्दै युवालाई उत्पादनमुखी बनाउन विभिन्न सरोकारवाला निकायको साझेदारीमा स्वरोजगार अभियान सञ्चालन गर्ने उल्लेख छ । नगरभित्रका पर्यटकीय स्थल सलहेश फूलबारी, मानिक दह, हात्तीदह, राजदेवी मन्दिरलगायत ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्वका धरोहरलाई विशेष महत्व दिई पर्यटन प्रवद्र्धनको माध्यमबाट नगरको विकास गर्ने नीति लिएको छ ।

प्रमुख चौधरीले आफूलाई कुनै राजनीतिक पार्टीको प्रतिनिधि नभएर एक साझा नगरप्रमुखका रुपमा अघि सारेर विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, रोजगार र समतामूलक समाज निर्माणमा आफूलाई समर्पित गरेको बताए ।

(Tramadol Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु
‘प्रचण्डले पार्टी छाडे’
‘प्रचण्डले पार्टी छाडे’
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
विमानस्थलमा मान्छे ओसारपसारको यस्तो सेटिङ
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..
सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..