बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

सारांश

  • बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ ।
  • सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए ।
  • तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।

बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए ।तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।

पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए । छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो ।

प्रहरी कार्यालयमै निःशुल्क जाहेरी

सेवाग्राहीलाई सुविधा पुग्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले आजदेखि प्रहरी कार्यालयमै निःशुल्क जाहेरी लेख्ने व्यवस्था मिलाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले पीडितलाई यसअघि सामान्य घटनामा निवेदन लेखिदिएर आवश्यक सहयोग गर्दै आएकामा बिहीबारदेखि निःशुल्क जाहेरीसमेत लेख्न शुरु गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

प्रहरी कार्यालय बाहिर निवेदन र जाहेरी लेख्नेहरुले चर्को रकम असुल्ने गरेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदन र जाहेरी लेख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाबाट न्यायका लागि जिल्ला प्रहरीसम्म आउने पीडित अधिकांश गरीब, विपन्न नै हुने गरेको र उनीहरु निवेदन र जाहेरी लेखाउनमै पनि चर्को मूल्य तिरेर ठगिनुपरेको थाहा पाएर अबदेखि प्रहरी कार्यालयमै जाहेरी लेखिदिने व्यवस्था मिलाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । प्रहरी कार्यालयको यो व्यवस्थाबाट अब बाहिर चर्को र मनोमानी ढङ्गले निवेदन र जाहेरी लेखेवापत पैसा लिने गरेको समस्याबाट पीडितहरुले मुक्ति पाउने उहाँको दाबी छ ।

 

(techfundingnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?