बलीउडकी पहिलो महिला सुपर स्टार नायिका श्रीदेबिको मृत्यु !!
सारांश
- बलिवुड नायिका श्रीदेविको ५४ वर्षको उमेरमा असामायिक निधन भएको भारतीय एक दैनिक ईन्डिया एक्सप्रेस बताएको छ ।
- शनिवार राती उनको निधन युनाइटेड अरव इमीरेटसको दुबईमा भएको हो ।
- श्रीदेवि विवाह समारोहमा सामेल हुनको लागि आफ्नो परीवारको साथमा दुबई गएकी थिइन् ।
बलिवुड नायिका श्रीदेविको ५४ वर्षको उमेरमा असामायिक निधन भएको भारतीय एक दैनिक ईन्डिया एक्सप्रेस बताएको छ । शनिवार राती उनको निधन युनाइटेड अरव इमीरेटसको दुबईमा भएको हो । श्रीदेवि विवाह समारोहमा सामेल हुनको लागि आफ्नो परीवारको साथमा दुबई गएकी थिइन् । उनको मृत्युको खवर उनका देवर सन्जय कपुरले जानकारी गराएका थिए ।
श्रीदेविलाई वलीउडकी पहिलो महिला सुपर स्टारको रुप लिइन्छ । उनको मृत्यु कार्डिक अरेस्टले भएको बताइएको छ । श्रीदेविको मृत्युको खवर बाहिरीए सँगै वलिउडका धेरै हस्तीहरुले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन् र आजको दिनलाई वलिवुडको नै कालो दिन भएको बताएका छन् ।
एजेन्सी
प्रतिक्रिया