बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३५७ !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
|
६२ पटक हेरिएको
Shares
बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३५७ !

सारांश

  • थिस्सुर, भारत, ३ भदौ ।
  • दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।
  • पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।

थिस्सुर, भारत, ३ भदौ । दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ । केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् ।
अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी सङ्कटमा रहेका वस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन् ।

केरलाका शहरी तथा ग्रामिण इलाकामा रहेका वस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ । मौसमसम्वन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन् । बाढी प्रभावित क्षेत्रका भारतीय एक युवक इन्द्रजीत कुमारले भन्नुभयो, गत हप्ता परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ । वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ, उहाँले भन्नुभयो ।

मे महिनामा मनसुन शुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे । उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ । थिस्रुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ, उहाँले बताउनुभयो । केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउमा उद्धार गरिरहेका असरफ अलि के एमले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु
असाेजदेखि बन्द हेटौंडा सिमेन्टकाे उत्पादन फेरि सुरु
महालेखा भन्दा अख्तियार अगाडि
महालेखा भन्दा अख्तियार अगाडि
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट
वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट

तपाईंले छुटाउनुभयो कि?