बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १७, २०७४
|
|
५४ पटक हेरिएको
Shares
बाबुराम-उपेन्द्रको चाहना पनि गठबन्धनतिरै !

सारांश

  • काठमाडौं, पुस १७ ।
  • नयाँ शक्तिका संयोजक डा.
  • बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ ।

काठमाडौं, पुस १७ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली-दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले-माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् ।

तर, एमाले-माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ । आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए ।

‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
सोलुखुम्बुमा १ थान भरुवा बन्दुक सहित मगर पक्राउ
सोलुखुम्बुमा १ थान भरुवा बन्दुक सहित मगर पक्राउ
उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?
उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई
‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई
तपाईको आज यस्तो छ कात्तिक १० गतेको राशिफल
तपाईको आज यस्तो छ कात्तिक १० गतेको राशिफल
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’

तपाईंले छुटाउनुभयो कि?