दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

सारांश

  • म्याग्दी, १५ साउन , कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ ।
  • करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ ।
  • म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण शुरु गरिएकोे हो ।

म्याग्दी, १५ साउन , कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ ।

करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ ।

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण शुरु गरिएकोे हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ । उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण समेत धमाधम भइरहेको छ ।

दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटा निर्माण सम्पन्न भएको छ । अन्य टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । “समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ” उहाँले भन्नुभयो । सवस्टेशनको पूर्वाधार निर्माणलाई तीब्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करीडोर प्रशारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि म्याग्दीको दानाबाट पर्वतको खुर्कोट जोड्ने प्रशारणलाइन र सवस्टेशन निर्माण शुरु गरेको हो । रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशनको पूर्वाधार, प्रशारणलाइनको टावर निर्माणसँगै उपकरण खरिदको कामलाई अघि बढाएका छन् ।

सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीब्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताउनुभयो । सो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ । कालीगण्डकी करीडोर प्रशारणलाइनअन्तर्गत विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सवस्टेशन र प्रशारणलाइन निर्माणको काम अघि बढाएको छ भने खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रशारणलाइनको पूर्वाधार बनाउने तयारी भइरहेको छ ।

यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीब्रता दिएको छ । आयोजनाले प्रशारणलाइनको टावर रहने जग्गा अधिग्रहणका लागि रु चार करोड ५० लाखभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।

कालीगण्डकी करीडोर राष्ट्रिय प्रशारणलाइनमार्फत् म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारणमा जोडिनेछ । उक्त प्रशारणलाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला तथा १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट हाल निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा स्वरोजगार कोषलाई प्रभावकारी बनाउनुपर्ने अावश्यकता !
युवा स्वरोजगार कोषलाई प्रभावकारी बनाउनुपर्ने अावश्यकता !
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
के नरेन्द्र मोदीको कारण रोकिएको हो त पार्टी एकता?
के नरेन्द्र मोदीको कारण रोकिएको हो त पार्टी एकता?
मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
यि हुन नेपालका लागि नयाँ अमेरिकि राजदूत
यि हुन नेपालका लागि नयाँ अमेरिकि राजदूत
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
एक अर्ब ८८ करोडकाे  साधारण शेयर बिक्रीका लागि अनुमति
एक अर्ब ८८ करोडकाे साधारण शेयर बिक्रीका लागि अनुमति
बालिकालाई जबर्जस्ती  करणी गर्ने एक व्यक्ति पक्राउ !
बालिकालाई जबर्जस्ती करणी गर्ने एक व्यक्ति पक्राउ !
धान उत्पादनमा पचास प्रतिशतले कमी
धान उत्पादनमा पचास प्रतिशतले कमी

तपाईंले छुटाउनुभयो कि?