बाम एकताको अन्तिम निर्णय : ओली र दाहालबीच चारबुँदे सहमति !
सारांश
- काठमाडौं – लामो समयदेखि अल्झिँदै आएको वाम एकीकरण नेकपा एमाले माओवादी सशस्त्र विद्रोहलाई २०६२/६३ को जनआन्दोलनको हैसियत र जनयुद्धका रुपमा स्वीकार्न तयार भएपछि पार्टी एकीकरण निर्णायक रुपमा अघि बढेको छ।
- जनयुद्ध र जनआन्दोलनको हैसियत र मान्यता बराबर भएको एमालेले स्वीकारेपछि पार्टी एकीकरणमा परेका अरु गाँठाहरु पनि फुकेका एमाले—माओवादी एकीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका एक नेताले बताएका छन्।
- त्योसँगै एकीकृत पार्टीको अस्थायी केन्द्रीय समितिमा हाल कार्यदलले सिफारिस गरेका २ सय ९९ सदस्यलाई बढाएर कम्तीमा पनि ३ सय ७५ सदस्य बनाउने, त्यसमा दुवै पार्टीको बराबरी प्रतिनिधित्व गराउने, अहिले एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य नै एकीकृत पार्टीको चुनाव चिन्ह राख्ने सहमतिमा दुई शीर्ष नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।
काठमाडौं – लामो समयदेखि अल्झिँदै आएको वाम एकीकरण नेकपा एमाले माओवादी सशस्त्र विद्रोहलाई २०६२/६३ को जनआन्दोलनको हैसियत र जनयुद्धका रुपमा स्वीकार्न तयार भएपछि पार्टी एकीकरण निर्णायक रुपमा अघि बढेको छ।
जनयुद्ध र जनआन्दोलनको हैसियत र मान्यता बराबर भएको एमालेले स्वीकारेपछि पार्टी एकीकरणमा परेका अरु गाँठाहरु पनि फुकेका एमाले—माओवादी एकीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका एक नेताले बताएका छन्।
त्योसँगै एकीकृत पार्टीको अस्थायी केन्द्रीय समितिमा हाल कार्यदलले सिफारिस गरेका २ सय ९९ सदस्यलाई बढाएर कम्तीमा पनि ३ सय ७५ सदस्य बनाउने, त्यसमा दुवै पार्टीको बराबरी प्रतिनिधित्व गराउने, अहिले एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य नै एकीकृत पार्टीको चुनाव चिन्ह राख्ने सहमतिमा दुई शीर्ष नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच त्यस्तो सहमति भएको हो। संविधान निर्माणका क्रममा एमालेले माओवादी नेतृत्वको सशस्त्र विद्रोलाई जनयुद्ध मान्न अस्वीकार गरेपनि पार्टी एकीकरणका लागि त्यसलाई माओवादीले पूर्व सर्त बनाएपछि एमालेले हाल आएर लचकता अपनाएको हो।
दुई शीर्ष नेताहरुबीच भएको बिहीबारको सहमतिलाई औपचारिकता दिन शुक्रबार या शनिबार पार्टी एकता संयोजन समितिको बैठकमा पेश गर्ने समझदारी समेत भएको छ।
‘पार्टी एकताको अन्तिम निर्णय भएको छ। र त्यसको औपचारिक अनुमोदनका लागि एक दुई दिनमै संयोजन समितिको बैठक डाकिने छ ’, स्रोतले भन्यो। स्रोतका अनुसार सोही बैठकलाई वाम एकीकरणको मिती समेत घोषणा गर्ने जिम्मा दुई शीर्ष नेताले दिएका छन्।
उनीहरुले चार बुँदै सहमतिको खाका समेत तयार पारेको बुझिएको छ। यसअघि पार्टी एकीकरणका विषयमा छलफलका गर्न माओवादी अध्यक्ष दाहालले एमाले नेता माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्री ओली व्यस्त बनेपछि दाहालले करिव एक घण्टा ओलीलाई कुरेका थिए ।
ओली र दाहालबीच चार बुँदे सहमति
१. कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएकाले त्यसको अनुमोदनका लागि सामान्य भाषा परिमार्जन सहित एकता संयोजन समितिमा पेश गर्ने।
२. माओवादी ‘जनयुद्ध’ बारे राजनीतिक प्रतिवेदनमा जुन स्पिरिटमा उल्लेख गरिएको छ त्यही स्पिरिटमा विधानमा पनि उल्लेख गर्ने।
३. एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य नै राख्ने।
४. बराबरीको मान्यतका आधारमा कम्तिमा पनि तीन सय ७५ सम्मको एकीकृत केन्द्रीय समिति निर्माण गर्ने।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Netra Gurung
कति नटक गर्न सक्या नेता ज्यु द्वय ।
Durga Adhikari
Yo duniya le kunai appatti ra accamma maneko chhaina. Dubai party lai ramrosanga bujheka chan
Tilak KC
डाकाहरु।
Bhakta Karki Chhetri
Good news.
Shyam Singh
फट्टाहरु
Lok Prasad Sharma
Janta lai dukha ndeu hai
TR Ghimire
Good
Arjun Rijal
Desh yinka bauko matra hora sadai sahamati k k vani rahane janamat k 6a tha 6a
Hemant Oli
Fataha haru laei taha launeya sutra products garnu aabsekta aayoko xa 3 karoad janta laei? ????????????????????????????????????????????
Ramanath Sharma
ठीक छ ।
CK Chemjong
केन्द्रीय सदस्यहरु न्युनिकरण हुनु पर्ने
Opendra Nath Yogi
बाम एकता
आजको आबस्यकता
Siva Baburam Lamichhane
चोर हरु घन्टा गर्छन नौ ट्याङ्की हरु
यादब राजगुरु सल्यानि
Very good
Ach Iceraj
Dahaal lai kendriya sadasya diya hunxa
Devi Bhakta Dhakal
मिल्नु हामी बामहरूको लागि मात्र खुशीको कुरा हो ।
Bishnu Lingden
एकता हुनैप्रछ ढिलाेभएपनि एकता ग्रन बिक्लपछैन