बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
५५ पटक हेरिएको
Shares
बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ ।
  • सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ ।

सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो ।

मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा आज यहाँ जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ ।

परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
प्रचण्डको सभामा  बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
भरतपुर महानगरको मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने
भरतपुर महानगरको मतगणनामा टोली थपियो, अब १३ वटा टोलीले गन्ने
धान रोपाइँका लागि रासायनिक मल आपूर्ति तीव्र, हजारौँ मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिँदै
धान रोपाइँका लागि रासायनिक मल आपूर्ति तीव्र, हजारौँ मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिँदै
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
Suggestions for Online Dating Conversations – How you can Improve Your Discussions
सवारीसाधन खरिद गर्न मात्रै  १८ करोड रुपैयाँ रकमान्तर !
सवारीसाधन खरिद गर्न मात्रै १८ करोड रुपैयाँ रकमान्तर !
पुस ८ गते मंगलबारको राशिफल यस्तो छ
पुस ८ गते मंगलबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?