बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो

सारांश

  • बनियानी, झापा, १२ कात्तिक  बिर्तामोडमा जारी कफ्र्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ ।
  • इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिनुभयो ।
  • प्रजिअ तिवारीले भन्नुभयो, “भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।

बनियानी, झापा, १२ कात्तिक  बिर्तामोडमा जारी कफ्र्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिनुभयो । प्रजिअ तिवारीले भन्नुभयो, “भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।”

शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि यहाँ कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई चार किल्ला कायम गरी प्रशासनले कफ्र्यु लगाएको थियो ।

त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ ।

टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवका प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुङ्गिन केही समय लाग्ने बताउनुभयो । उहाँले टोलीको अनुसन्धानलाई सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

“अहिले अनुसन्धान प्रारम्भिक चरणको तथ्यांक संकलनमा केन्द्रित छ”, उहाँले भन्नुभयो, “सबै कुराको अध्ययन अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्छौँ ।”
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरुङमार्ग : जग्गा अधिग्रहण आनाको ९ लाख रुपियाँदेखि ४२ सम्म
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार  ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

तपाईंले छुटाउनुभयो कि?