बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार

सारांश

  • म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ ।
  • स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो ।
  • यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् ।

म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् ।

म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो । भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको थियो ।

कार्यक्रममा राजदूत उदासले म्यान्मा र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभरि नै म्यान्मामा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिए । उनले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए ।

भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई व्यापारीलाई बुद्धले उपहारस्वरूप दिनुभएको आफ्ना आठ वटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीहरूले गर्छन् ।

कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले नेपाली मूलका गोरखा सैनिकहरूले बर्माको एकीकरणमा पु¥याएको योगदानको चर्चा गरे । उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै बर्मेलीलाई नेपाल पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

करिब साढे पाँच करोड जनसङ्ख्या भएको बर्मामा ९० प्रतिशत बौद्धमार्गी छन् । म्यानमारका पर्यटनमन्त्री यु उन मुङ नेपाल भ्रमण वर्षको उपलक्ष्यमा अहिले नेपालमै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
स्वास्थ्य संस्थामा औषधि अभाव
स्वास्थ्य संस्थामा औषधि अभाव
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?