बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिँदा ६ को मृत्यु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

लन्डन। इङ्लिस च्यानलमा डुंगा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ। समाचार अनुसार सो दुर्घटनामा परी अझै दुई जना अझै बेपत्ता छन्। सो दुर्घटनामा बाँचेकाहरूका अनुसार डुंगामा ६५ जना आप्रवासी सवार थिए।

बेलायतका गृहसचिव ब्रेभरम्यान र फ्रान्सेली प्रधानमन्त्री बोर्नले पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्। मेयर फ्रान्क डर्सिनले एक्समा ट्वीट गर्दै दुर्घटनाको बारेमा जानकारी दिए। उनले ट्वीट गर्दै भनेका छज-अर्को दुर्घटना कैलाइस/विसेंट तटमा भयो। दुर्घटनामा धेरै आप्रवासी डुबेका छन्। अङ्ग्रेजी च्यानलमा हुने दैनिक दुर्घटनाका कारण एकदिन हामीले च्यानल र भूमध्यसागरमा हुने मृत्युको तथ्यांक रेकर्ड गर्न बन्द गर्नुपर्ने छ।’ मेयरले एउटा तस्बिर पनि सेयर गरेका छन्, जसमा उद्धार टोलीले मानिसहरूलाई उद्धार गरिरहेको देखिन्छ।

विदेशी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेकाे छ भने जबकी दुई यात्रु अझै घाइते छन्। डुंगामा जम्मा ६५ देखि ६६ जना सवार रहेको दुर्घटना पीडितहरुले बताएका छन्।

स्थानीय फ्रान्सेली अधिकारीहरूले २० भन्दा बढी व्यक्तिहरूलाई बेलायती अधिकारीहरूले डोभर लगेको बताएका छन्।

विदेशी मिडियाका अनुसार अंग्रेजी च्यानल संसारको सबैभन्दा व्यस्त जलमार्ग मध्ये एक हो। ओभरलोड पानीजहाजका कारण खस्रो समुन्द्रमा मृत्यु हुनु सामान्य भएको छ। एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन्। यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन्।

मार्चमा बेलायतले पेरिसमा प्रत्येक वर्ष सयौं मिलियन युरो पठाउन सहमत भएको थियो। फ्रान्सेली अधिकारीहरूले त्यसपछि च्यानलमा गस्ती बढाएका छन्। यसका साथै दुर्घटना हुन नदिनका लागि अन्य उपायहरु पनि गरिरहेका छन्।

एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन्। यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ