बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २४, २०७६
|
|
५० पटक हेरिएको
Shares
बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो

सारांश

  • एजेन्सी ।
  • स्कटल्याण्ड युरो कप छनोटबाट बाहिरिएको छ ।
  • सोमबार राति भएको खेलमा बेल्जियमसंग ४–० गोल अन्तरले पराजित हुदै स्कटल्याण्डको युरो कप खेल्ने सम्भावना सकिएको हो ।

एजेन्सी । स्कटल्याण्ड युरो कप छनोटबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा बेल्जियमसंग ४–० गोल अन्तरले पराजित हुदै स्कटल्याण्डको युरो कप खेल्ने सम्भावना सकिएको हो ।

रोमेलु लुकाकुले नवौ मिनेटमा ब्रुयनाको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । थोमस वर्मालेनले २४ औ मिनेटमा अग्रता दोब्बर पारे ।

टोबी एल्डरविरेल्डले ३२ औ मिनेटमा बेल्जियमलाई ३–० ले अघि बढाए । खेल सकिन ८ मिनेट बाँकी छदाँ ब्रुयनाले गोल गर्दै बेल्जियमलाई प्रभावशाली जित दिलाए ।

शीर्ष स्थानको बेल्जियमले समुह आईको खेलमा सतप्रतिशत जित निकाल्दै ६ खेलबाट १८ अंक जोडेको छ । स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ।स्कटल्याण्ड दोस्रो स्थानको रुस भन्दा ९ अंकले पछाडी परेको छ । स्कटल्याण्डले अब मात्र तीन खेल खेल्न बाँकी छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?