ब्यापक विरोधपछि अध्यादेश फिर्ता गर्ने तयारीमा प्रम ओली

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ११, २०७७
|
|
५७ पटक हेरिएको
Shares
ब्यापक विरोधपछि अध्यादेश फिर्ता गर्ने तयारीमा प्रम ओली

सारांश

  • मधेस केन्द्रित पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश प्रत्युत्पादक सावित भएपछि प्रधानमन्त्री केपी ओली त्यसलाई फिर्ता लिने तयारीमा छन् ।
  • राजपा र समाजवादी पार्टी फुट्नुको साटो एक भइ सवल प्रतिपक्षको भूमिका खेल्ने निर्णय एकातिर, अर्कोतिर नेकपा पार्टी भित्रै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गुटबन्दी बढ्न थालेपछि प्रधानमन्त्री ओली यो निर्णयमा पुगेका हुन् ।
  • पार्टीको स्थायी समितिको आपतकालीन बैठक बोलाउने तयारी भइरहेका बेला ओलीले बुधबार पार्टीका सांसदहरुसँग आवश्यक परे अध्यादेशमा परिमार्जन र थप संशोधन गर्न सकिने आश्वासन दिएका थिए ।

मधेस केन्द्रित पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश प्रत्युत्पादक सावित भएपछि प्रधानमन्त्री केपी ओली त्यसलाई फिर्ता लिने तयारीमा छन् ।

राजपा र समाजवादी पार्टी फुट्नुको साटो एक भइ सवल प्रतिपक्षको भूमिका खेल्ने निर्णय एकातिर, अर्कोतिर नेकपा पार्टी भित्रै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गुटबन्दी बढ्न थालेपछि प्रधानमन्त्री ओली यो निर्णयमा पुगेका हुन् ।

पार्टीको स्थायी समितिको आपतकालीन बैठक बोलाउने तयारी भइरहेका बेला ओलीले बुधबार पार्टीका सांसदहरुसँग आवश्यक परे अध्यादेशमा परिमार्जन र थप संशोधन गर्न सकिने आश्वासन दिएका थिए ।

तर रातारात दुई मधेसवादी पार्टीको एकता र पार्टी भित्र आफू विरुद्ध दबाब बढेपछि आत्तिएका ओली बिहीबार नयाँ निष्कर्षमा पुगेका हुन् । पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगै नेताहरु माधव नेपाल, झलनाथ खनालसहितले अध्यादेश फिर्ता लिन दबाब दिएका थिए ।

बिहीबार बिहान प्रधानमन्त्री ओली र प्रचण्डबिच छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा प्रचण्डले शुक्रबार बिहान ९ बजे स्थायी कमिटि बैठक बोलाउनै पर्ने अडान लिएपछि ओलीले अध्यादेश फिर्ता लिने विल्कप रोजेका हुन् । त्यसपछि उनले अध्यादेश फिर्ता लिने निर्णय गरेका हुन् ।

राष्ट्रपतिको अनुमोदनपछि रापत्रमा जारी भइसकेको अध्यादेशले कानूनको रुप लिने हुँदा त्यसलाई प्रक्रिया संवत तरिकाले फिर्ता लिनु पर्ने हुनाले आलोचनाको भुंग्रोमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कानूनविदसँग छलफल सुरु गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो
पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा
अन्तर्राष्ट्रिय उडानमा भारी कटौती
अन्तर्राष्ट्रिय उडानमा भारी कटौती
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ
अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
जनताको स्वास्थ्यभन्दा ठूलो पैसा होइन : मेयर शाक्य
जनताको स्वास्थ्यभन्दा ठूलो पैसा होइन : मेयर शाक्य

तपाईंले छुटाउनुभयो कि?