भरतपुरमा गणेशधाम बन्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १, २०७५
|
|
६१ पटक हेरिएको
Shares
भरतपुरमा गणेशधाम बन्दै

सारांश

  • भरतपुर, १ पुस , भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ ।
  • गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत धनधाञ्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ बाट सो रकम सङ्कलन भएको हो ।
  • भरतपुर महानगरपालिका– ११ मा रहेको एतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणार्थ स्थानीयवासी सहभागिता जुटाउन महायज्ञ आयोजना गरिएको मूलआयोजक समारोह समतिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।

भरतपुर, १ पुस , भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत धनधाञ्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ बाट सो रकम सङ्कलन भएको हो ।

भरतपुर महानगरपालिका– ११ मा रहेको एतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणार्थ स्थानीयवासी सहभागिता जुटाउन महायज्ञ आयोजना गरिएको मूलआयोजक समारोह समतिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । महायज्ञमा उठेको रकमले मात्रै गणेशधाम निर्माण सम्भव नभएकाले निर्माणको चरणमा पनि आर्थिक सङ्कलन गरिने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका र प्रदेश सरकारले पनि गणेशधाम निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशधाम निर्माणका लागि महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

महायज्ञका प्रमुख वाचक पण्डित दीनबन्धु पोख्रेलले गणेशधामलाई केन्द्र बनाएर धार्मिक परिपथ बनाउनुपर्ने तथा देवघाट, मौलाकालिका, शास्वतधाम र गणेशधामलगायतका क्षेत्रले चितवन र नवलपुरलाई धार्मिक तथा आध्यात्मिक नगरिका रुपमा विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा गणेशधामको परिकल्पनाकार सांसद विजय सुवेदीलाई अभिनन्दन गरिएको थियो । धाम निर्माणका लागि प्रदेश नं–३ सरकारले समेत रु ८० लाख विनियोजन गरिसकेको छ ।

गणेश धामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । डिपिआर अनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिगाहामा गणेशधाम निर्माण गर्ने योजना छ । २५ बिगाहामा पोखरी निर्माण गरिने छ । डिपिआरअनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचना निर्माण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?
अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
निरन्तर विभाजनले खुम्चियो राप्रपा
निरन्तर विभाजनले खुम्चियो राप्रपा
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
ईच्छाशक्तिको कुरा गर्दै मन्त्रीले भने’ “लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ’
ईच्छाशक्तिको कुरा गर्दै मन्त्रीले भने’ “लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ’
नतिजा नआउँदै किन हतारिएर बधाइ दिए ओलीले मोदीलाई ?
नतिजा नआउँदै किन हतारिएर बधाइ दिए ओलीले मोदीलाई ?

तपाईंले छुटाउनुभयो कि?