भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ लाई सर्‍यो..

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३१, २०७४
|
|
५४ पटक हेरिएको
Shares
भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ लाई सर्‍यो..

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ निर्वाचन आयोगको निर्णय तत्काल आगामी असार ६ गतेलार्इ सरेको छ ।
  • कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंथलबार मुद्दाको सुनुवाइ तोकिएको थियो ।

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ निर्वाचन आयोगको निर्णय तत्काल आगामी असार ६ गतेलार्इ सरेको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंथलबार मुद्दाको सुनुवाइ तोकिएको थियो । तर, हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाइ तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

यसअघि यही जेठ २८ गते न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेसी तोकिएको थियो तर त्यतिबेला पनि हेर्न नभ्याइने भन्दै आजका लागि पेसी तोकिएको थियो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
बसले ठक्कर दिंदा एक महिलाको मृत्यु
बसले ठक्कर दिंदा एक महिलाको मृत्यु
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर
सुनचाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष

तपाईंले छुटाउनुभयो कि?