भरतपोखरी पूर्णखोप वडा घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भरतपोखरी पूर्णखोप वडा घोषणा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३, भरतपोखरीलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका मान बहादुर जि.सीले पूणखोप सुनिश्चितताको घोषणा गरे ।

जिसीले पूर्णखोप सुनिश्चिताको घोषणा सहित प्रतिवद्धता व्यक्त गराउदै पोखरा लेखनाथ महानगरपालिकालाई प्रविधि मैत्री महानगरपालिका बनाउने र खोप लगायत स्वास्थ्यका सम्पूर्ण सुचनाहरुलाई अनलाईन मार्फत अभिलेख प्रतिवेदन राख्न महानगरको योजना रहेको बताए । कार्यक्रममा जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईले पूर्णखोप घोषणा कार्यक्रमको अन्त नभई शुरुवात भएको र आगामी दिनमा यसको निरन्तरता गर्नुपर्ने जोड दिए ।

 

पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य संयोजक हेमन्त शर्मा, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश बराकोटी, राजनैतिक दलको तर्फबाट ने.क.पा. एमालेका गुरु प्रसाद क्रान्तिकारी, छिमेकी स्वास्थ्य संस्थाका तर्फबाट शिशुवा अस्पतालका जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद पौडेल, समाजसेवीको तर्फबाट यज्ञ प्रसाद अधिकारी, महिला स्वास्थ्य स्वयं सेविका डिल कुमारी काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले पूर्णखोपको औचित्य, आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए । सो कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख गोकर्ण सापकोटाले पूर्णखोपको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविका र खोप कार्यमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

नवनिर्वाचित वडा सदस्य दिपक लामिछानेको स्वागत तथा स्वास्थ्य चौकी प्रमुख गोकर्ण सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरुले पूर्णखोप सम्बन्धी गीत तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
भरतपोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
नेपालगञ्जका उम्मेदवारका वाचा, प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म
नेपालगञ्जका उम्मेदवारका वाचा, प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
डिबालाको दुई गोल, युभेन्ट्स विजयी
डिबालाको दुई गोल, युभेन्ट्स विजयी
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
लुटपाटमा चालकको आखाँ फुट्यो
लुटपाटमा चालकको आखाँ फुट्यो
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु