भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १, २०८०
|
|
३२ पटक हेरिएको
Shares
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

सारांश

  • बैतडी।
  • केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ।
  • भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो।

बैतडी। केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो।

प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो।

उनले भने, “सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन्। भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो।”

नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमण दर पनि बढ्न थालेको जोशीले बताए। उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ।

भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ।

यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ। परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ।

सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए। उनले भने, “हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलने जोखिम बढेको छ ।”

सङ्क्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ। प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
सडकमा नाङ्गै उभिएर कांग्रेसको नाटक
सडकमा नाङ्गै उभिएर कांग्रेसको नाटक
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
एउटा च्याङ्ग्रा किन्ने पैसाले दुई खसी
एउटा च्याङ्ग्रा किन्ने पैसाले दुई खसी

तपाईंले छुटाउनुभयो कि?