भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
भारतसँगकाे निर्भरता हट्याे, नेपालकाे चीनसँग पारवहन सम्झाैता !

सारांश

  • काठमाडौं, २१ भदौ ।
  • नेपाल–चीन पारवहन यातायात सम्झौता हुने भएको छ ।
  • सम्झौता अनुसार नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ ।

काठमाडौं, २१ भदौ । नेपाल–चीन पारवहन यातायात सम्झौता हुने भएको छ । सम्झौता अनुसार नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ । नेपालले अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्सेलगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको हो। बुधबारदेखि काठमाडौंमा बसेको २ देशका अधिकारीको बैठकले मध्यरातमा ऐतिहासिक सम्झौता गरेको हो । पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति जनाएको छ ।

२ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी नेपाल र चीनबीच सम्झौता भएको थियो, त्यसलाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसेको हो । प्रोटोकल टुंग्याउन २ वटा बैठक यसअघि नै चीनमा भैसकेका थिए । पहिलो र दोस्रो दुवै बैठक चीनमा भएको थियो । सन् २०१६ मा पहिलो र गएको जुनमा दोस्रो बैठक चीनमा सम्पन्न भएको थियो । बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले गरेका थिए । यस्तै बैठकमा पराराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी भएका थिए । चीनको तर्फबाट चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले बैठकको नेतृत्व गरेका थिए।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?