भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ११, २०८०
|
|
४५ पटक हेरिएको
Shares
भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित

सारांश

  • काठमाडौं।
  • भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ ।
  • जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ।

काठमाडौं। भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ।

थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो। भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे। यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९-१९ रन बनाए।

भारतका रवि बिस्नोइ र प्रसिद्ध कृष्णाले ३-३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकरएक विकेट लिए । त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।

भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै, यशस्वी जैसवालले ५३ र इशान किशनले ५२ रनको योगदान गरे। रिङ्कु सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए।

भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल भोलि हुनेछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?