भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

सारांश

  • नयाँ दिल्ली।
  • उनीहरु भोकाएका थिए ।
  • तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन्।

नयाँ दिल्ली। उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन्। धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए।

तर उनीहरु सयौँ माइल हिँड्दै थिए। उनीहरु विभिन्न समूहमा छन् र केही आ –आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए।

कतिपय बृद्धबृद्धा छन् त कति स–साना केटाकेटी। केही मात्र त्यो समूहमा युवायुवती छन् । महिला र पुरुष बराबारी छन्। उनीहरु त्यो मरुभूमिको बाटोमा हिँडीरहेका छन्।

कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन्। अनि युवायुवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छन्।

भारतका ठूला शहरहरुमा कामगर्ने मजदुर आप्रवाशीहरु ती शहरहरु कोरोना भाइरसको त्रासका कारण बन्द भएपछि यति लामो बाटो हिँडेर आफ्नो घर फर्किँदैछन्।

शहरमा मजदुरी काम गर्दै आएका उनीहरु शहरमा सरकारले ‘लकडाउन’ गरेपछि उद्योग कारखाना पनि बन्द भए । त्यसपछि कामबिहीन बनेका उनीहरु सयौँ माइल हिँडेर गाउँघरमा फर्किदैछन्।

उनीहरु आफै पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन्। उनीहरुले शहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन्।

भारत सरकारले २१ दिने भारत बन्दको घोषणा गरेको छ । यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ । सामान्य रुपमा बिहान बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्ने बाहेक भारतमा पसलहरु पनि खुलेका छैनन् ।

विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्न लगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ ।

यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौँ भारतीय नागरिकलाई ठूलो मार परेको छ । बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौँ नागरिकले बिहान बेलुकी खानाको समस्यामा पनि पर्नसक्ने बताइएको छ ।

यसरी शहरबाट ती नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन् । यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्बाउने हो भने यहाँ यस्तो मजदुर बर्गमा ठूलो समस्या ल्याउने बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा
राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा
रङ्गशाला बनाउन ठेला पसलमा बदाम ,पानी,मःम …बिक्री शुरु
रङ्गशाला बनाउन ठेला पसलमा बदाम ,पानी,मःम …बिक्री शुरु
राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान
राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
दाँतले बाेका काट्ने याे परम्परा
दाँतले बाेका काट्ने याे परम्परा
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान

तपाईंले छुटाउनुभयो कि?