भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ९, २०८१
|
|
५७ पटक हेरिएको
Shares
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

सारांश

  • काठमाडौं।
  • घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
  • आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हरायो।

काठमाडौं। घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हरायो।

नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे। उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले गर्दै गोल गरेक थिए। जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो।

दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरिएपछि कप्तानीको जिम्मा गोलकिपर शेखले पाएका थिए। निर्धारित समयको खेल १(१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो।

भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे। उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
रोल्पाको दुईखोली गाउँपालिका भयो अब परिवर्तन गाउँपालिका
रोल्पाको दुईखोली गाउँपालिका भयो अब परिवर्तन गाउँपालिका
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली
देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता
जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध
जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह
वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह
धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना
धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित

तपाईंले छुटाउनुभयो कि?