भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

सारांश

  • सुर्खेत।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘ब्रेक थ्रु' भएको छ।
  • टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो।
सुर्खेत।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘ब्रेक थ्रु' भएको छ। टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो। 
 बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो। विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो। सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो। 
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए।
सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । सिँचाइ विभागका प्राविधिक भेरी–बबईको सफल परीक्षणका कारण अन्य स्थानमा पनि यस्ता आयोजना सञ्चालन गर्न सकिने बताउँछन् ।
प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक बरालले पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ।
त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा ८ स्थानीय तहमा को को उम्मेदवार ?
बर्दियामा ८ स्थानीय तहमा को को उम्मेदवार ?
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
“बाडुलीले”दर्सक को मन जित्दै!!
“बाडुलीले”दर्सक को मन जित्दै!!

तपाईंले छुटाउनुभयो कि?