भोज खाएर भोट नदिएको भन्दै झडपमा एकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भोज खाएर भोट नदिएको भन्दै  झडपमा एकको मृत्यु

सारांश

  • ५ असोज, रौतहट ।
  • कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
  • झडपमा ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

५ असोज, रौतहट । कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । त्यसक्रममा रामपुकारमाथि लाठी प्रहार भएको हो । टाउकोमा लाठी लागेका उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुठा राय यादव, भूठा यादव, बैजु यादवलाई पक्राउ परेको छ । भूठा कांग्रेसका वडाध्यक्षका उम्मेदवार गौरीशंकर यादवका छोरा हुन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    संघर्ष शेर्पा गोले

    Murda bad

    Comment Author

    Rai Sujan Khotange

    khatam parex gathe

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?