भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
भोलिदेखि हुने हस्तकला मेलाको तयारी पूरा

सारांश

  • काठमाडौँ ३० कात्तिक :  नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
  • महासंघले बुधबार साँझ पत्रकार सम्मेलन गरी १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
  • सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको र सो मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

काठमाडौँ ३० कात्तिक :  नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

महासंघले बुधबार साँझ पत्रकार सम्मेलन गरी १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको र सो मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

“नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तरराष्ट्रियस्तरसम्म चिनाउनु नै मेलाको प्रमुख उद्देश्य हो,”– अध्यक्ष शाक्यले भन्नुभयो ।

हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला निर्यात हुँदै आएको छ ।

स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, उनी, सुती, ढाका, जडीबुटी, अर्थोडक्स चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । तीमध्ये बंगलादेश, भुटान, चीनलगायतका ३० कक्ष रहने आयोजकले जनाएका छन् ।

मेलामा १३ औँ हस्तकला प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ । हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएका छन् ।

यसका अलावा मेलामा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, मेलामा प्रर्दशित हुने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शन र ‘बि टु बि’ (व्यापारस्तरीय) बैठक हुने अध्यक्ष शाक्यले बताउनुभयो ।

बैठकको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुहीले विवाह गर्ने फैसला गरेसँगै आमाको कार दुर्घटनामा निधन
जुहीले विवाह गर्ने फैसला गरेसँगै आमाको कार दुर्घटनामा निधन
रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी
रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
बेलायती प्रधानमन्त्रीका शक्ति र जिम्मेवारी यस्ता छन्
बेलायती प्रधानमन्त्रीका शक्ति र जिम्मेवारी यस्ता छन्
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित

तपाईंले छुटाउनुभयो कि?