मतदाता परिचयपत्र बनाउनेको भीड

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • पाँचथर, १८ साउन ।
  • यसअघि मतदाता परिचयपत्र बनाउन छुटेका व्यक्तिको पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ ।
  • अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २०० जनाको परिचयपत्र बनाइएको हो ।

पाँचथर, १८ साउन । यसअघि मतदाता परिचयपत्र बनाउन छुटेका व्यक्तिको पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ ।

अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २०० जनाको परिचयपत्र बनाइएको हो । यस्तै, २०० जनाको नाम सच्याइएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिचयपत्र बनाउने र नाम सच्याउन थालिएको हो ।

अब साउन मसान्तसम्म परिचयपत्र बनाउने र सच्याइने जिल्ला निर्वाचन कार्यालय प्रमुख धु्रव राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला निर्वाचन कार्यालय पाँचथरमा मात्र परिचयपत्र बनाउन मतदातालाई असहज भएको हुँदा अब गाउँपालिकामै सहज होस् भन्ने उद्देश्यले गाउँमै परिचयपत्र वितरण गर्न थालेका छाँै ।”

यसअघिको स्थानीय तहको निर्वाचनमा धेरै मतदाता परिचयपत्र नभएकाले आफ्नो मत दिने अधिकारबाट वञ्चित भएका थिए ।

परिचयपत्र बनाउन र सच्याउन निर्वाचन आयोगको टोली गाउँपालिकामै गएपछि दुई दिनको अवधिमा फालेलुङ गाउँपालिकामा ७६ जना, फाल्गुनन्दमा ५७ जना, कुमायकमा ४१ जना, याङबरकमा ३३ जना, मिक्लाजुङमा १७ जना र फिदिम नगरपालिकामा १२३ जनाको नयाँ परिचयपत्र बनाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

(Modafinil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
निर्मला पन्त हत्या प्रकरण : थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
निर्मला पन्त हत्या प्रकरण : थप चारको डिएनए रिपोर्ट ‘नेगेटिभ’
प्लाष्टिकबाट पेट्रोलियम पदार्थ
प्लाष्टिकबाट पेट्रोलियम पदार्थ
एपिएल : कर्णाली याक्स सात रनले विजयी
एपिएल : कर्णाली याक्स सात रनले विजयी
महेश बस्नेत अर्थात ‘क्यारिज्म्याटिक लिडरशिप’
महेश बस्नेत अर्थात ‘क्यारिज्म्याटिक लिडरशिप’
काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा सिफारिश
काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा सिफारिश
गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र माग
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार
सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार

तपाईंले छुटाउनुभयो कि?