मधेस प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ४, २०७९
|
|
५९ पटक हेरिएको
Shares
मधेस प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ

सारांश

  • काठमाडौं ।
  • ​​​​​​​मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
  • मधेस भवनमा आज उहाँहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

काठमाडौं ।​​​​​​​मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मधेस भवनमा आज उहाँहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो । मण्डल र इशर मङ्गलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित हुनुभएको हो । मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाउनुभएको थियो ।

मण्डललाई सत्ता गठबन्धन दल नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो । यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो । उहाँको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
रबिन्द्र अधिकारीलाई शुभयात्रा भन्न नपाएको त्यो दिन…
रबिन्द्र अधिकारीलाई शुभयात्रा भन्न नपाएको त्यो दिन…
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
२ सय ३७ स्थानीय तहको मतगणना सम्पन्न : निर्वाचन आयोग
२ सय ३७ स्थानीय तहको मतगणना सम्पन्न : निर्वाचन आयोग
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु
कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु
असार ५ गते विहिबारको राशीफल यस्तो छ
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग
विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग

तपाईंले छुटाउनुभयो कि?