मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

सारांश

  • २७ फागुन : मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिएका छन् ।
  • सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् ।
  • सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका छन् ।

२७ फागुन : मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिएका छन् । सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् ।

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका छन् । निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो ।

“सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उनले राजीनामामा भनेका छन्।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए ।

मध्य प्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।

कांग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए । उनीहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कांग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
कोरोना संक्रमणबाट आज ११ जना को मृत्यु (विवरणसहित)
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए
बालकृष्ण ढुंगेल जेलमुक्त भए लगत्तै पेरिसडाँडा पुगे
बालकृष्ण ढुंगेल जेलमुक्त भए लगत्तै पेरिसडाँडा पुगे
साउन १२ गते सोमवारको राशिफल यस्तो छ
साउन १२ गते सोमवारको राशिफल यस्तो छ
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी

तपाईंले छुटाउनुभयो कि?