मनकामना केबुलकार एक हप्ता बन्द हुने

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १३, २०७७
|
|
५१ पटक हेरिएको
Shares
मनकामना केबुलकार एक हप्ता बन्द हुने

सारांश

  • मनकामना केबुलकार सेवा बन्द हुने भएको छ ।
  • नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो ।
  • यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताए ।

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उनको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबुलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ । सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान
छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’
‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’
यी हुन विवाह पछी चम्किएका नायिकाहरू
यी हुन विवाह पछी चम्किएका नायिकाहरू
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री

तपाईंले छुटाउनुभयो कि?