मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी

सारांश

  • एजेन्सी।
  • फिल्मी दुनियामा केही यस्ता अभिनेताहरु हुन्छन् जसले सानो भूमिकामा नै आफ्नो पहिचान बनाउन सफल हुन्छन् ।
  • सुरुवाती दिनहरुमा सानो भूमिकाबाट आफ्नो करिअर सुरु गरेका कमेडियन ब्रह्मनन्दम आज विश्वभर परिचित छन् ।
एजेन्सी। फिल्मी दुनियामा केही यस्ता अभिनेताहरु हुन्छन् जसले सानो भूमिकामा नै आफ्नो पहिचान बनाउन सफल हुन्छन् । सुरुवाती दिनहरुमा सानो भूमिकाबाट आफ्नो करिअर सुरु गरेका कमेडियन ब्रह्मनन्दम आज विश्वभर परिचित छन् ।
उनको जन्म आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा भएको हो । सन् १९५६ मा जन्मिएका यी अभिनेता पूरै परिवारमा एक यस्ता व्यक्ति हुन् जसले एमए सम्मको पढाइ गरेका थिए । एमएको पढाइपछि उनले तेलुगु लेक्चरर भएर काम समेत गरे । कलेजमा उनी विभिन्न अभिनेताहरुको क्यारिकेचर गरेर हसाँउने काम गर्थे ।
एकपटक कलेजमा भएको नाटक प्रतियोगितामा उनलाई उत्कृष्ट सपोर्टिङ आर्टिस्टको पुरस्कार दिइएको थियो । त्यसपछि उनको ड्रामाप्रति रुची बढेर गयो । उनको भेट निर्देशक जन्धलालसँग भयो । उनले ब्रह्मन्दमलाई नाटक ‘मोद्दाबाई’मा काम गरेको देखे । त्यसपछि उनको भाग्य चम्कियो । उनले फिल्म ‘चन्ताबाई’ मा सानो भूमिका पाए । यसरी उनको करिअर सुरु भयो ।
यसपछि उनलाई फिल्मको कुनै कमी भएन । उनले हालसम्म १००० भन्दा बढी फिल्म गसिकेका छन् । उनी परिवारका सन्तानहरुमध्ये ७ औ नम्बरमा पर्छन् । उनी सानैदेखि अरुलाई हसाउँने काम गरेका कारण पनि कमेडियन हुन ललायित भएका थिए । उनलाई सन् १९८५ मा पहिलो ब्रेक मिलेको थियो । उनका अनुसार उनलाई भगवानले मानिसहरुलाई हसाउँन धर्तीमा पठाएका हुन् ।
फिल्मी क्षेत्रमा तीन दशक बिताइसकेका ब्राम्ही आज पनि उत्तिकै व्यस्त रहेका छन् । ब्रह्मनन्दमको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता रहेको छ । उनले सन् २००७ मा एउटै भाषामा ७०० भन्दा धेरै फिल्म गरेर रेकर्ड बनाएका थिए । सन् २००९ मा फिल्मी क्षेत्रमा पु¥याएको योगदानका कारण पद्यश्रीबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
हराएको पाँच दिनपछि शाक्यको शव फेला
हराएको पाँच दिनपछि शाक्यको शव फेला
उम्मेदवारी मनोनयनको सँघारमा तालमेलका विविध स्वरूप
उम्मेदवारी मनोनयनको सँघारमा तालमेलका विविध स्वरूप
सरकारको कामप्रति नेकपाभित्रै असन्तुष्टि
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक
ब्याक गियरमा मात्रै गाडी चलाउने एकमात्र चालक
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता

तपाईंले छुटाउनुभयो कि?