मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २४, २०७६
|
|
५० पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने

सारांश

  • हिजो साँझ बसेर विहानै निरन्तरता दिइएको मन्त्रीपरिषद बैठक सकिएको छ ।
  • बैठकमा के के निर्णय भयो भन्ने सार्वजनिक गरिएको छैन ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा देशको पछिल्लो अवस्था बारेमा छलफल भएको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

हिजो साँझ बसेर विहानै निरन्तरता दिइएको मन्त्रीपरिषद बैठक सकिएको छ । बैठकमा के के निर्णय भयो भन्ने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा देशको पछिल्लो अवस्था बारेमा छलफल भएको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

आकस्मिक जस्तो देखिने बैठकका बारेमा पत्रकाहरुले प्रश्न गर्दा बास्कोटाले बैठक आकस्मिक नभएको जिकिर गरे । बास्कोटाले मन्त्रीपरिषद बैठक जुनसुकै बेला बस्न सक्ने भन्दै आकस्मिक बैठक नभएको बताएका हुन् ।

“साँझ, बिहान मध्यरातमा पनि सक्छ चौविसै घण्टा अभाइलेबल हुनेछ ।” बास्कोटाले भने । कतिपयले मन्त्रीमण्डल नै हेरफेर गरिने हो कि भन्ने आशंका गरेका थिए । तर बास्कोटाले मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको अधिकार भएकोले मन्त्रिपरिषदमा छलफल नहुने स्पष्ट पारे ।

बाँस्कोटा पत्रकारहरुले मन्त्रीमण्डल हेरफेर सम्बन्धमा अनावश्यक आशंका गरेको भन्दै असन्तुष्टी पनि देखिए । उनले भने “तपाईहरू कुहीरीमण्डलमा हुनुहुन्छ ।”

मन्त्री बाँस्कोटाले सरुवा बढुवा र केहि विधेयकका विषयमा छलफल भएको जानकारी पनि दिए । यसअघि बैठक सुरु हुनासाथ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव विचैमा उठेर बाहिरिएका थिए ।

यो पनि पढ्नुस्
यादव अचानक बैठकबाट किन बाहिरिए ?
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएपछि विभन्न आशंका उब्जिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । उनले बाहिरिँदै गर्दा अर्कै काम परेर निस्किएको प्रतिक्रिया दिएका छन् ।

र आकस्मिक जस्तो देखिने बैठक छोडेर जानुपर्ने अर्को कुन काम पर्यो होला र भनेर धेरैले आशंका गरेका छन् । आयातित फलफूल तथा तरकारीको विषादी परीक्षणका सम्बन्धमा बैठकमा छलफल भएको र कमजोरी औँल्याउने क्रममा मन्त्री यादव पनि तारोमा परेपछि आक्रोषमा बैठक छोडेको कतिपयको अनुमान छ ।

सुरुमा मन्त्री यादवले आफू मन्त्रिपरिषद बैठकमा जाँदै नगएको बताएका थिए । तर, तपाईं गएर बीचमै बाहिरिनु भएको होइन र ? भन्ने प्रश्न गरेपछि मात्रै उनले आफू बैठकमा गएको तर धेरैबेर नबसेको स्वीकारेका थिए ।

बैठकमा कसैसँग कुनै विवाद नभएको पनि उनको दावी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसेको थियो ।

आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ र्गयो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित र्गयो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएका थिए ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
फिफाले छान्यो उत्कृष्ट खेलाडीकालागि यी तीन जनाको नाम, मेसी परेनन्
फिफाले छान्यो उत्कृष्ट खेलाडीकालागि यी तीन जनाको नाम, मेसी परेनन्
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो
आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो
देउवालाई महन्थ ठाकुरको घुर्की
देउवालाई महन्थ ठाकुरको घुर्की
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा

तपाईंले छुटाउनुभयो कि?