मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १७, २०७४
|
|
५७ पटक हेरिएको
Shares
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…

सारांश

  • काठमाडौं, माघ १७ ।
  • ‘को मन्त्री ?
  • कस्तो मन्त्री ?

काठमाडौं, माघ १७ । ‘को मन्त्री ? कस्तो मन्त्री ? राँडाका छोराहरु, काम पाउँदैनन्, मलाई फोन गरेर दुःख दिन्छन् ।’ यदि तपाईंसँग आपूर्तीमन्त्री जयन्त चन्दको भिजिटिङ कार्डमा भएको ९८४३६३६७… नम्बरमा फोन गर्नुभयो भने मीना नामक महिललाले फोन उठाउँछिन् । मन्त्रीज्यूको नम्बर हैन ?’ भनेस सोध्नुस् त, माथि लेखिएकै भाषमा माचकांरी गाली खानुहुन्छ ।

यो खबर आजको जनआस्था साप्ताहिकमा छ–अहिलेको सरकार नै लम्फुदासहरुको झुण्ड बनेको बेला ती मन्त्रीका भिजिटङ कार्ड छाप्ने कर्मचारी पनि कम्ताका रहेनछन् । नम्बर मन्त्रीको होईन्, तर कार्डमा छापिएको ९८४३६३६७… ।

फेरि मन्त्री आफैँले फोन गर्नुस् है’ भन्दै दुईमध्ये मुनितरको नम्बर देखाएर दिएको भिजिटिङ कार्ड । हिजो मंगलबार त्यसैमा फोन गर्यो । तर फोन उठाउने महिलाले माथिका शब्दहरु बर्साएर गालि गरिन् ।

मन्त्रीलाई यसबारे सोधेपछि बल्ल थाहा भयो कि आफ्नै सचिवालयका कर्मचारीले गलत नम्बर छापिदिएका रहेछन् । । चन्दले मन्त्री भएपछि चलाउन थालेको मोबाइल नम्बर हो ९८४३०३६७९५ । तर कार्डमा ० को ठाउँमा ६ हालिएपछि मीनाले दुःख पाईन् ।

यसरी अर्काको नम्बर राखेर अरुलाई दुःख दिन पाइदैँन् । तर कसैले जानाजान नै त्यसो भने पनि त्यसउपर कारवाहि हुने छैन् । ‘यस्तो फोन आउँछ भनेर तपाईंले कतै रिपोर्ट गर्नुभएन् त ? भने ती महिलालाई सोध्दा उनले रिसाएर जवाफ दिई त्यसका बाजेलाई, कहाँ गएर मैले के रिपोर्ट गर्ने होला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?