मन्त्रीहरूमाथि एक्सनमा उत्रिदै प्रधानमन्त्री अाेली !

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मन्त्रीहरूमाथि एक्सनमा उत्रिदै प्रधानमन्त्री अाेली !

सारांश

  • काठमाडौं, २ मंसिर ।
  • उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ५ देखि एक्सनमा उत्रने भएका छन् ।
  • खासगरी सरकारलाई प्रभावकारी बनाउन उनले मन्त्रीहरुमाथि नै कडाई गर्न लागेका हुन् ।

काठमाडौं, २ मंसिर । उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ५ देखि एक्सनमा उत्रने भएका छन् । खासगरी सरकारलाई प्रभावकारी बनाउन उनले मन्त्रीहरुमाथि नै कडाई गर्न लागेका हुन् । हरेक मन्त्रालयको प्रगती विवरण मागेर मंसिर ५ गतेदेखि उनले मन्त्रीको समिक्षा गर्न लागेको उनको सचिवालयका एक अधिकारीले बताए । मन्त्रीहरुको प्रगती विवरण अनुगमन गर्न प्रधानमन्त्रीले मोबाइल एप समेत बनाइसकेका छन् ।

सरकारको काम प्रभावकारी हुन नसकेपछि उनी एक्सनमा उत्रन लागेका हुन् । स्रोतका भनाईमा, प्रधानमन्त्रीकै अगाडि बसेर मन्त्री र सचिवले जवाफ दिनुपर्ने भएपछि सबै मन्त्रालयले अहिलेसम्मका कामका विवरण र आगामी कार्ययोजना तयार पारिरहेका छन्।  सन्तोषजनक रुपमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने समेत प्रधानमन्त्रीको योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?