सुपर लघुवित्तका सञ्चालक निलम्बित

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
४६ पटक हेरिएको
Shares
सुपर लघुवित्तका सञ्चालक निलम्बित

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।
  • उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ । बैंकले नियुक्त गरेको व्यवस्थापन समूहले सोमबाटबाट उक्त लघुवित्तको व्यवस्थापकीय काम सम्हाल्ने छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरु वित्तीय अपराधसमेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको जनाएको छ ।

“विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको छ”, राष्ट्र बैंकले सूचनामा भनेको छ ।

पछिल्लो समय संस्थाको बचत क्रमिकरूपमा घट्दै गएको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्तासमेत समस्यामा पर्ने देखिएपछि राष्ट्र बैंक ऐनअनुसार कारबाही थालिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

सूचना भनिएको छ “लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ । ”

साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि
करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!
अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार
अख्तियार प्रमुखका लागि नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीवार
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो
चीनबाट १३ हजार मेडिकल सामग्री ल्याइयो
रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते
रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर
स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार, बकुलहर रत्ननगर अस्पतालमा बढ्यो नागरिकको आकर्षण
स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार, बकुलहर रत्ननगर अस्पतालमा बढ्यो नागरिकको आकर्षण
मुसहर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
मुसहर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’

तपाईंले छुटाउनुभयो कि?