मल बन्दरगाहमै थन्कियो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मल बन्दरगाहमै थन्कियो

सारांश

  • वीरगञ्ज, ४ असोज ।
  • नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ ।
  • नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो ।

वीरगञ्ज, ४ असोज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो ।ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक हजार २०० मा खरिद गर्दै आएको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विजय पण्डितले बताउनुभयो ।

तुर्र्किस्तानबाट आयात गरिएको पाँच हजार मेट्रिक टन मल बन्दरगाहमै थन्किएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले जानकारी दिनुभयो । “थप पाँच हजार मेट्रिक टन युरिया आयात गर्दै छौँ,” उहाँले भन्नुभयो । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र दिने गरेको छ । ग्रामीण क्षेत्रका सहकारीले मल अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

कम्पनीले पर्सामा आव २०७४÷७५ मा युरिया मल १० हजार ३७५ मेट्रिक टन, डिएपी पाँच हजार ७९९ मेट्रिक टन र पोटास १५१ मेट्रिक टन बिक्री वितरण गरेको थियो । चालू आवको साउनमा नौ हजार ६९८ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, चितवनलगायतका २० हजार ११४ सहकारी संस्थामार्फत गत आवमा ५८ हजार १३९ मेट्रिक टन मल बिक्री वितरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
बढे एमाले प्रवेश गर्ने युवा तथा अरु पार्टीका कार्याकर्ता
बढे एमाले प्रवेश गर्ने युवा तथा अरु पार्टीका कार्याकर्ता
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
एटीएम काण्ड: कमजोरी या लापरबाही !
एटीएम काण्ड: कमजोरी या लापरबाही !
पेरुको पहिरोमा परी ३६ को मृत्यु
पेरुको पहिरोमा परी ३६ को मृत्यु
हुम्लामा वाम गठबन्धनलाई सकस, बलियो बागी
हुम्लामा वाम गठबन्धनलाई सकस, बलियो बागी

तपाईंले छुटाउनुभयो कि?