महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ११, २०७६
|
|
३२ पटक हेरिएको
Shares
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने

सारांश

  • नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ ।
  • महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन पुगेका थिए ।
  • उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गर्नुभएको जानकारी दिए ।

नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन पुगेका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गर्नुभएको जानकारी दिए । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले बताए ।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोगेश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशित भएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नहुने भएका हुन् । आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?