महाराष्ट्रमा अनिल कपुरलाई मुख्यमन्त्री बनाए के हुन्छ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
५० पटक हेरिएको
Shares
महाराष्ट्रमा अनिल कपुरलाई मुख्यमन्त्री बनाए के हुन्छ?

सारांश

  • महाराष्ट्र।
  • महाराष्ट्रमा सरकार बनाउने विषयलाई लिएर भाजपा र शिवसेनाबीच खिचातानी जारी छ।
  • यसैबीच एक जनाले समस्याको समाधान नभएसम्म कपिल कपुरलाई मुख्य मन्त्री बनाउन सुझाव दिएका छन्।

महाराष्ट्र। महाराष्ट्रमा सरकार बनाउने विषयलाई लिएर भाजपा र शिवसेनाबीच खिचातानी जारी छ। यसैबीच एक जनाले समस्याको समाधान नभएसम्म कपिल कपुरलाई मुख्य मन्त्री बनाउन सुझाव दिएका छन्। अनिल कपुरका फ्यानले नयाँ मुख्य मन्त्रीको टुंगो नलागेसम्मका लागि अनिल कपुरलाई मख्य मन्त्री बनाउन सुझाव दिएका हुन्। आफ्ना फ्यानले यस्तो ट्विट गरेपछि अनिल कपुरले तत्काल जवाफ फर्काका छन्। उनले लेखेका छन्–म नायक नै ठिक छु।’

विजय गुप्ता नामको ट्विटर ह्याण्डिलबाट गरिएको ट्विटमा लेखिएको छ–महाराष्ट्रमा जबसम्म कुनै बाटो निस्किँदैन तबसम्म अनिल कपुरलाई मुख्य मन्त्री बनाएर हेरौं। पर्दामा उनको एक दिनको कार्यक्रम पूरा देशले हेरेको छ। र मन पनि पराएका छन्। देवेन्द्र फडणवीस र आदित्य ठाकरे के सच्दै हुनुहुन्छ?’

१८ वर्ष पहिला२००१ मा अनिल कपुरको फिल्म नायक फिल्म रिलीज भएको थियो। जसमा उनी मुख्यमन्त्रीले चुनौती दिएपछि एक दिनका लागि मुख्य मन्त्री बनेका थिए। एक दिनमात्र चलाएको सरकार देखेर अनिल कपुरलाई मानिसले राजनीति गर्न सुझाव दिन्छन्। उक्त फिल्मको निर्देशक एस शंकरले गरेका थिए। यो फिल्म १९९९ मा रिलीज भएको तमिल–तेलुगु फिल्म ‘मुधालवन’ को हिन्दी रिमेक थियो।

महाराष्ट्रमा एनडीए सरकार बनाउनका लागि भाजपा शिवसेनाको उपमुख्यमन्त्री र १३ मन्त्री दिन तयार भएको छ। तर गृह, राजश्व, अर्थ र नगरीय विकास जस्ता मन्त्रालय दिन भाजपा तयार भएको छैन। शिवसेनाको नजर यिनै मन्त्रालयमा छ। विगतको सरकारमा ६ क्याबिनेट मन्त्री र ७ राज्यमन्त्री पद शिव सेनालाई दिइएको थियो। स्रोतका अनुसार शिवसेनालाई उपमुख्य मन्त्री दिन भाजपालाई आपत्ति छैन। तर गृहमन्त्रालय दिन भाजपा तैयार छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बुधबारको राशिफल
बुधबारको राशिफल
Dozens rally for jailed Reuters reporters in Myanmar
Dozens rally for jailed Reuters reporters in Myanmar
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त

तपाईंले छुटाउनुभयो कि?