कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २८, २०७६
|
|
५६ पटक हेरिएको
Shares
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो

सारांश

  • काठमाण्डौ ( कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको दुई ट्वेन्टी(२० क्रिकेटको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।
  • मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेले ।
  • मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

काठमाण्डौ ( कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको दुई ट्वेन्टी(२० क्रिकेटको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।

मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेले । मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

एउटा एण्डबाट उनले रन बनाइरहे पनि अर्को एण्डबाट विकेट झर्ने क्रम नरोकिँदा लामो साझेदारी भने हुन पाएन । तर, चौथो विकेटका लागि शरद भेषावकरसँग उनले ६१ रजको अविजित साझेदारी गरेका थिए । ६८ रनमा तेस्रो विकेटका रुपमा रोहित कुमार पौडेल ५ रनको स्कोरमा आउट भएपछि आएका भेषावकरले २० बलमा १ छक्कासहित अविजित १६ रन प्रहार गरे ।

टिमलाई जितका लागि ६ रन आवश्यक भएको अवस्थामा शरदले छक्का प्रहार गरी नेपाललाई १८.३ ओभरमा जित दिलाए ।

अर्का ओपनर प्रदीप ऐरी ४.३ ओभरमा ८ रनको स्कोरमै आउट भए पछि पारसले पारी सम्हालेका थिए । तेस्रो नम्बरमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल दशौं ओभरको अन्तिम बलमा अनवर रहमानको बलमा बोल्ड भए । उनले २० बलमा ७ रन मात्र जोड्न सके ।

यसअघि किनरा ओभल मैदानमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धा्रित ओभरमा उसले ९ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो । मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरेप नि अन्यको प्रदर्शन खराब रह्यो ।

पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए ।

१५औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन रामले रनआउट हुन पुगे ।

क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले लिलित नारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन ।

समग्रमा विरानदिपले ५७ र फियाजले ४५ रन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । मलेसियाका पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मी दुई–दुई विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
जिल्ला सदरमुकामसँग यातायात जोडिने
जिल्ला सदरमुकामसँग यातायात जोडिने
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा

तपाईंले छुटाउनुभयो कि?