सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ४, २०७६
|
|
६४ पटक हेरिएको
Shares
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण

सारांश

  • वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.
  • डा.
  • ऋषिकुमार काफ्लेको भनाइ हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्लेको भनाइ
हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गरेको पनि १२ वर्षभन्दा बढी भएको छ । मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ । त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ ।

प्रा.डा. ऋषिकुमार काफ्ले

अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । तर, चिनेपछि समस्या देखिन थाल्छ । प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ । अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ । अहिले प्रधानमन्त्रीको पनि त्यही भएको हो ।एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ । यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्छ । एक–दुईपटकमा सुधार नभए थप प्रयास गरिँदैन ।

तर, मिर्गौलामा सुधार भएरनभएको दुई सातामै स्पष्ट हुन्छ । प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ । मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ । डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ । यसको चक्र हुन्छ । नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन् । दोस्रोपटकको प्रत्यारोपण आयु पनि सामान्यतया पर्याप्त हुन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु
सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु
वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन
वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास
माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

तपाईंले छुटाउनुभयो कि?