महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १०, २०७६
|
|
४८ पटक हेरिएको
Shares
महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक

सारांश

  • महाेत्तरी।
  • क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि  उद्योग सञ्चालनमा रोक लगाइने भएको  छ।
  • प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ।

महाेत्तरी। क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि  उद्योग सञ्चालनमा रोक लगाइने भएको  छ। प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ।
उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को  भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै  उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए।  जिल्लाका सबै स्थानीय तहलाई आआफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवाु प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए।
जिल्लामा १५ स्थानीय तह रहेका छन्।  उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा  अनुमति विनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ।  सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने समन्वय समितिका संयोजकसमेत रहनुभएका सिंहले जानकारी दिए।
चुरे पहाडि शृङ्खला र नदी एवं जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा ढुङ्गाको अवैध उत्खनन् बढेको जन गुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन्। करिब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराएका थिएनन्।
आवश्यक कागजात उपलब्ध नगराउने र  उत्खनन् कार्य जारी राखेका उद्योगलाई पूर्ण रुपले बन्द गराउने निर्णय गरिएको जनाइएको छ।  जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी  र टुटेश्वरसहतका नदी र नदीउकास जग्गामा क्रसर र बालु प्रशोधन उद्योग सञ्चालित छन्। उद्योगले जथाभावी उत्खखन् गर्दा बनेका खाल्डामा परेर बर्षेनी मानवीय क्षति हुँदै आएको छ। अवैध उत्खनन् भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत पुुस २५ गते हत्या गरिएको थियो।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चमेलियामा खोज तथा उद्धार अभ्यास
चमेलियामा खोज तथा उद्धार अभ्यास
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा ?
अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा ?
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आइप्याडमा हेरे प्रधानमन्त्री ओलीले १३ औँ सागको उद्घाटन
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?