माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद (१७ जनाकै नामसहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद  (१७ जनाकै नामसहित)

सारांश

  • काठमाडौं, पुस ७ ।
  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ ।
  • प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ ।

काठमाडौं, पुस ७ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको छ ।

माओवादीले केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ । प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेकाले अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिला पठाउनुपर्छ । माओवादीका पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जित्नुभएको छ ।

बन्द सूचिको क्रमसंख्या र क्लस्टरलाई दिएको प्रतिशत तलमाथि नहुने गरी सांसद छनौट गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराव ढकाल बताउनुहुन्छ । जसअनुसार माओवादीले बुझाएको बन्द सूचिमा रहेका को–को बन्दै छन् त सांसद ?

दुई पुरुष : हितराज पाण्डे पक्का
माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ । जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।

माओवादी स्रोतका दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्को एक जना बाँकी ६ जना मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

१५ महिला
माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नुहुनुेछ ।

त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । ओनसरी घर्तीमगर निवर्तमान सभामुख हुनुहुन्छ ।

त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनुभएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् ।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । दुई कोटाबाट एक/एक जना निर्वाचित गर्दा जम्मा संख्या भन्दा पनि धेरै हुने भएकाले निर्वाचन आयोगले यस्तो अवस्थामा थारु वा मुस्लिममध्ये एउटा कोटाबाट मात्र एक जना छनोट गर्न पाउने भएको हो ।

यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नुहुनेछ । त्यस्तै माओवादीको पीछडिएको क्षेत्रबाट बन्द सूचिभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान
बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान
बिना भेदभाव समान कामका लागि समान ज्याला : राष्ट्रियसभा अध्यक्ष
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै  प्रधानमन्त्री  ओली
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओली
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद
ओमानमाथि नेपालको सानदार जित
ओमानमाथि नेपालको सानदार जित
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?

तपाईंले छुटाउनुभयो कि?