दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १५, २०८०
|
|
६१ पटक हेरिएको
Shares
दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

सारांश

  • काठमाडौँ ।
  • सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ ।
  • सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो ।

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशण महतले चालु आर्थिक वर्षमा रु १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् सुरुआती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।

कूल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् विनियोजनको ८८ दशमलव १८ प्रतिशत र पूँजीगत खर्च रु दुई खर्ब ५८ अर्ब ३४ करोड अर्थात् विनियोजनको ६७ दशमलव ९१ र वित्तीय व्यवस्था तर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् विनियोजनको ८८ दशमव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा पाँच प्रतिशतले न्यून हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकामा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
पछाडि परेका प्रदेशलाई विजेट विनियोजनमा विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
कोरोना असरः अन्तराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु कम
कोरोना असरः अन्तराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु कम
रुकुममा मतपेटिकामै आगो लाग्यो
रुकुममा मतपेटिकामै आगो लाग्यो
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
सीमा नाका बन्द गर्न सिफारिस
सीमा नाका बन्द गर्न सिफारिस
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी

तपाईंले छुटाउनुभयो कि?