पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी

सारांश

  • लमजुङको प्रदेशसभा ‘ख’ मा वामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
  • उनी २३ हजार १ सय ८८ मतका साथ विजयी भएका हुन् ।
  • उनका प्रत्यासी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत ल्याएर गुरुङसँग पराजित भए ।

लमजुङको प्रदेशसभा ‘ख’ मा वामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

उनी २३ हजार १ सय ८८ मतका साथ विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत ल्याएर गुरुङसँग पराजित भए ।

गुरुङ कांग्रेसका नेता कोइरालासँग ८ हजार ६६ मत अन्तरका साथ विजयी भएका हुन् । गुरुङसँग पराजित कोइराला कांग्रेसका पूर्वसभापति हुन् ।

चुनावअघि उनले प्रदेश नम्बर ४ को मुख्यमन्त्री आफैँ हुने दाबी गरेका थिए । चुनाव भारी मतले विजयी भएसँगै गुरुङलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको कतिपय बताउँछन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ को मत परिणाम पनि साँझसम्म आउने बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा पनि वामगठबन्धनकै अग्रता रहेको छ ।

कुल मतदाता १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको थियो ।

प्रदेशसभा ‘ख’ मा ६० हजार ५ सय ५२ रहेकोमा ४१ हजार २ सय ७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?