रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो
सारांश
- रसुवा, १० साउन ।
- रसुवा जिल्लाको टिमुरे भन्ने ठाउँमा पहिरो जाँदा चारजनाको ज्यान गएको छ ।
- बुधबार राति लगातार आएको वर्षाका कारण पहिरोले घर बगाउँदा चारजनाको ज्यान गएको हो ।
रसुवा, १० साउन । रसुवा जिल्लाको टिमुरे भन्ने ठाउँमा पहिरो जाँदा चारजनाको ज्यान गएको छ । बुधबार राति लगातार आएको वर्षाका कारण पहिरोले घर बगाउँदा चारजनाको ज्यान गएको हो ।
पहिरोका कारण प्रहरीको चेकपोष्टसहित दुई घर बगाएको रसुवाका नायव प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । अहिलेसम्म चारजनाको शव निकालिएको प्रहरीको भनाई छ ।
चारजना पुरुषको शव भेटिएकोमा १ जनाको मात्र नाम खुलेको छ । अन्दाजी ३५ वर्षका कन्टेनर चालक सिन्धुपाल्चोक भोटेकोशी ४ का श्याम तामाङको परिचय खुलेको हो । पहिरोमा ५ जना बेपत्ता भएको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको तामाङले जानकारी दिए ।
अहिलेसम्म १२ जनाको उद्धार गरिसकिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ९ जना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया