माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २३, २०८०
|
|
४७ पटक हेरिएको
Shares
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सारांश

  • विराटनगर ।
  • नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
  • माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उनले बताए ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पुूर्वाधार विकास मन्त्री दुर्गाप्रुसाद चापागाईले राजीनामा दिएका हुन् ।

आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भएपनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए ।

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरेपनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई वेवास्ता गरेको आरोप लगाए । “सरकारले पहिचानवादीको आन्दोलन र मागलाई वेवास्ता गरेको छ, सम्मान गरेको छैन”, उनले भने।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
आज २०४ औँ भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
विवादमा फसे अक्षय कुमार र विद्या बालन
विवादमा फसे अक्षय कुमार र विद्या बालन
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल

तपाईंले छुटाउनुभयो कि?