माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
सारांश
- नेकपा एमाले, सत्तारुढ नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भएको तालमेल र एकता प्रक्रियापछि कांग्रेस नेताहरुले माओवादी केन्द्रका नेताहरुलाई सरकारबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
- बिहीबारसम्म जारी कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने सदस्यहरुलाई माओवादी मन्त्रीहरु अब सरकारमा बस्न नमिल्ने धारणा राखेका हुन् ।
- यसैबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा निर्णय लिन नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
नेकपा एमाले, सत्तारुढ नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भएको तालमेल र एकता प्रक्रियापछि कांग्रेस नेताहरुले माओवादी केन्द्रका नेताहरुलाई सरकारबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
बिहीबारसम्म जारी कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने सदस्यहरुलाई माओवादी मन्त्रीहरु अब सरकारमा बस्न नमिल्ने धारणा राखेका हुन् ।
यसैबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा निर्णय लिन नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यसम्पादन समितिको बैठकमा लोकतान्त्रिक गठबन्धनसँग अझै पनि बहुमत रहेको बताउँदै अहिले माओवादी मन्त्रीहरुलाई हटाएर राप्रपा र संघीय समाजवादी फोरमका नेताहरुलाई सरकारमा लैजानुपर्ने धारणा व्यक्त गरेको कांग्रेस स्रोतले जानकारी दियो ।
आज बस्ने केन्द्रीय समितिको बैठकपछि प्रधानमन्त्रीले सरकार पुनर्गठन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिने तयारी गरेका छन् ।
तर प्रधानमन्त्री निकटहरुले अहिले माओवादी मन्त्रीलाई नहटाइने बताउँदै आएका छन् ।
“माओवादी प्रमुख सत्तारुढ दल भए पनि विपक्षसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ,” कांग्रेसका एक नेताले भने, “यस्तो अवस्थामा अब सरकारमा पनि सँगै रहन हुँदैन ।”
उनले माओवादी आफैं नै सरकारबाट बाहिरिँदा राम्रो हुने सुझाव पनि दिए । “प्रधानमन्त्रीले अहिले नै हटाउँदा गलत सन्देश र परिणाम निम्तिन पनि सक्छ,” उनले भने, “माओवादी आफैँ नै बाहिरिनुपर्छ । अब सँगै रहनहुँदैन । उहाँहरुले बहुमत पुर्याए सरकार बनाउँदा पनि हुन्छ ।”
तर कांग्रेसका अर्का नेता प्रकाशशरण महतले वर्तमान सरकारले नै चुनाव गराउने बताए । उनले अहिले सरकार पुनर्गठन हल्ला मात्रै भएको बताए ।
“हुन त प्रचण्डले पनि यही सरकारले चुनाव गराउँछ भनेर भन्नुभएको छ,” कांग्रेस केन्द्रिय सदस्य डा. महतले भने, “तर अहिले उहाँहरुसँग बहुमत नपुग्ने भएकाले यसो भनिएको हुन सक्छ ।”
प्रतिक्रिया