मागपत्र युगको अन्त्य भएको छ स् मन्त्री बाँस्कोटा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १३, २०७६
|
|
६२ पटक हेरिएको
Shares
मागपत्र युगको अन्त्य भएको छ स् मन्त्री बाँस्कोटा

सारांश

  • काभ्रेपलाञ्चोक, १३ पुस स् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् ।
  • काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उनले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताए ।
  • उनले भने, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।

काभ्रेपलाञ्चोक, १३ पुस स् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उनले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताए ।

उनले भने, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।” मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालय मागपत्र बोकेर धाउने युगको अन्त्य भएको बताए। उनले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राखे । “जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ”, उनको जिकिर थियो ।

मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहो¥याउनुभयो । “विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन”, उनले भने । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल स् सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पु¥याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनभयो । उनले भने, “स्वाधीन अर्थतन्त्रबिना खुशी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ ।” सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उनले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने बताए ।

मन्त्री बाँस्कोटाले सन् २०३० सम्म प्रत्येक नागरिकले वार्षिक १२ हजार ५०० सय डलर आम्दानी गर्ने जिकिर गरे । “सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ”, उनले भने । शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रह गरे ।

कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य चन्द्र लामा, वडाध्यक्ष सिर्दास लामा, राप्रपा जिल्लाध्यक्ष टुल्कु लामा, नेपाली काँग्रेसका नेता गणेश लामालगायतले शुभकामना मन्तव्य रहेका थिए । सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख द्वारिका पोखरेलले पुनःनिर्माण प्राधिकरणको चौथो स्थापना दिवसका अवसरमा रु ७० लाखको लागतमा विद्यालयको दुईतले चारकोठाको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
फुटबल हारेको टिमजस्तो कांग्रेस-विश्वप्रकाश शर्मा
पोखरा-विराटनगर हवाई सेवा शुरु हुने
पोखरा-विराटनगर हवाई सेवा शुरु हुने
चक खाने यी महिला
चक खाने यी महिला
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान

तपाईंले छुटाउनुभयो कि?